भदौ १२, काठमाडौँ । २०१६ मा इराकको बग्दादमा ३०० भन्दा बढी मानिसको ज्यान लिने गरी गरिएको बम विस्फोटमा संलग्न तीन जनालाई इराकमा मृत्युदण्ड दिइएको छ ।
२००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि त्यो घटना सबैभन्दा घातक थियो । उक्त घटनाको इस्लामिक स्टेट समूह (आईएस)ले जिम्मा लिएको थियो ।
- न्युज बहार संवाददाता