साउन ५, काठमाडौँ । अमेरिकाले रुसी सेनाविरुद्ध युक्रेनले
क्लस्टर बम प्रयोग गरिरहेको पुष्टि गरेको छ । प्रारम्भिक प्रतिक्रियाबाट क्लस्टर
बम रक्षात्मक कदमका लागि प्रभावी ढंगले प्रयोग गरिरहेको पत्ता लागेको अमेरिकाको
राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले बताएका छन्।
उक्त क्लस्टर बमले धेरै बमहरु खसाल्ने र त्यसबाट सर्वसाधारणमा वर्षौंसम्म पनि नराम्रो असर पर्ने बताइएको छ । सोही कारण १०० भन्दा धेरै देशले त्यसलाई प्रतिबन्ध समेत लगाएका छन् ।
तर अमेरिकाले रुसविरुद्ध लडिरहेको युक्रेनलाई केही समय अगाडी सैन्य सहयोग गर्ने क्रममा क्लस्टर बम सहयोग गरेको थियो । सोही बम युक्रेनले रुसी सेनाविरुद्ध प्रयोग गरिरहेको हुन सक्ने अमेरकाले पुष्टी गरेको हो।
- न्युज बहार संवाददाता