जेठ २३, काठमाडौँ । युक्रेनको ठूलो आक्रमणलाई रुसले विफल बनाएको दाबी गरेको छ ।
रुसको उसले त्यो आक्रमण नरोकेको भए करिब २५० जनाको ज्यान जान सक्ने र एक दर्जन बढी सवारी साधनहरु ध्वस्त हुन सक्ने दाबी रहेको छ ।
रुसले एक भिडियो सार्वजनिक गर्दै उक्त दाबी गरेको बीबीसीले जनाएको छ ।
उक्त भिडियोमा खेतमा तैनाथ रुसी सैनिकका गाडीहरुमा आगो बलिरहेको देख्न सकिन्छ। बीबीसीले भनेको छ ‘यद्यपि रुसले गरेको यो दाबी स्वतन्त्र रुपमा पुष्टि भने हुँदैन।’
- न्युज बहार संवाददाता