Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भूकम्प प्रभावितहरुका लागी चीनले १० करोड रूपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने

  •   ३ वर्ष अघि | १८ कार्तिक २०८०, शनिबार

कार्तिक १८, काठमाडौँ। कर्णालीको भूकम्प प्रभावित क्षेत्रका लागि छिमेकी राष्ट्र चीनले १० करोड रूपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ।

सामाजिक सञ्जाल एक्समार्फत् नेपालका लागि चिनियाँ राजदूत छन सङले भूकम्प प्रभावित क्षेत्रमा आपतकालीन रूपमा आवश्यक पर्ने सामग्री पठाउन लागिएको जानकारी दिएका हुन।

नेपाललाई चीनले टेन्ट, कम्बललगायत अत्यावश्यकीय सामग्री पठाउन लागिएको र ती सामान एक दुई दिनमै नेपाल आइपुग्ने उनले बताएका हुन।

उनले नेपाललाई अरू पनि सहायता गर्ने र त्यो प्रक्रियामा रहेको जानकारी समेत दिएका छन्।

  • न्युज बहार संवाददाता

थप