असोज ३, काठमाडौँ । भारत भ्रमण गर्दा क्यानडाले आफ्ना नागरिकहरुलाई अत्यधिक सावधानी अपनाउन आग्रह गरेको छ ।
क्यानडाले ट्रभल एडभाइजरी जारी गर्दै भारतसँग तनाव बढिरहेका बेला अप्रत्याशित सुरक्षा स्थितिका कारण भ्रमणमा सावधानी अपनाउन भनेको हो ।
‘जम्मु कश्मिरमा आतंकवाद, उग्रवाद, अशान्ति र अपहरणको खतरा छ ’ क्यानडाद्वारा मंगलबार जारी ट्राभल एडभाइजरीमा लेखिएको छ। क्यानडाले आफ्ना नागरिकहरुलाई भारतका राजस्थान, पन्जाब, गुजरात र पाकिस्तानसँग सिमाना जोडिएका क्षेत्रमा नजान पनि भनेको छ ।
- न्युज बहार संवाददाता