फागुन १८, काठमाडौं । आज नेपाली क्रिकेटका लागि महत्वपूर्ण
दिन रहनेछ किनकी आज नेपालको सिनियर र जुनियर उमेर समूहको दुवै राष्ट्रिय टोलीले यूएईसँग
प्रतिष्पर्धात्मक खेल खेल्दैछन् । आजको दुवै खेल यूएईमै हुँदैछ र दुवै टोलीलको अन्तिम लक्ष्य र विश्वकप
नै खेल जिन्नै पर्नेछ । जुनियर टोली सिनियर टोलीको तुलनामा विश्वकपको निकै नजिक पुगिसकेको छ
। त्यसैले आजको यू-१९ टोलीको खेल निकै महतवपूर्ण हुने देखिन्छ ।
यू-१९ विश्वकपका लागि अर्को वर्ष श्रीलंकामा हुन गइरहेको एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा आज
नेपाल र यूएई खेल्दैछन् । राउण्ड रोविन लिगको अन्तिम खेल भए पनि नेपालको लागि यो खेल फाइनल जस्तै हुनेछ ।
अर्को तर्फ नेपालको सिनियर टोली अहिले लिग टु
अन्तर्गतका शृङ्खला
खेल्न यूएईमा छ । नेपालले लिग टु अन्तर्गत पहिलो खेलमा पपुवान्युगिनीलाई
पराजित गरेर दोस्रो खेल युएईसँग खेल्दै छ ।
- न्युज बहार संवाददाता