चैत ६, काठमाडौं । पुनः ज्यान मार्ने धम्की सहितको इमेल बलिउड अभिनेता सलमान खानलाई आएको छ र धम्की दिनेविरुद्ध मुद्दा दायर गर्दै मुम्बई प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।
उक्त ज्यान मार्ने धम्की सहितको ईमेल सलमान खान निकटका एक सहयोगीलाई आएको थियो त्यस धम्की पुर्ण इमेलमा माफिया डन लरेन्स बिश्नोइको हालैको एक अन्तर्वार्तालाई उध्दृत गरिएको छ जसको उद्देश्य सलमान खानलाई मार्नु थियो।
बान्द्रा प्रहरीले अनुसन्धान सँगै बान्द्रा पश्चिमस्थित सलमानको घर बाहिर सुरक्षा प्रबाहलाई कडा बनाएको छ । साथै, बिश्नोई र उनका सहयोगी गोल्डी ब्रारलाई पक्राउ गर्दै घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
हिन्दी भाषामा नै पठाइएको उक्त इमेल रोहित गर्गको नामबाट आएको थियो, जसले अभिनेतासँग कुरा गर्न चाहन्थे र ‘टिम सलमान’ को उजुरीपछि प्रहरीले उनी विरुद्ध पनि मुद्दा दायर गरेको छ ।
- न्युज बहार संवाददाता