Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुनको मुल्यमा रेकर्ड नै रेकर्ड आज कतिमा हुदै छ कारोबार ?

आज कतिमा हुदै छ कारोबार ?

  •   ४ वर्ष अघि | १९ माघ २०७९, बिहिबार


छापावाला सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेर १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको छ ।  बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा कारोबार हुदै छ । 

अघिल्लो दिन माघ १८ गते बुधबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो र तेजावी सुनको कारोबार एक लाख ५ हजार ८ सय रुपैयाँमा भएको थियो । यो रेकर्ड सगैँ नेपाली बजारमा सुन तथा चाँदीको मूल्य निरन्तर रुपमा उकालो लाग्ने क्रम जारी छ। 

यसअघि सुनको मुल्यले माघ १२ गते ऐतिहासिक रेकर्ड राख्दै छपावाला सुन प्रतितोला एक  लाख छ हजार ९०० रुपैयाँ पुगेको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि बिहीबार बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो बुधबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।

यस अघि १२ पुसमा सुनको मूल्य यस अघिकै उच्च रेकर्ड राख्दै एक लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

थप