Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बंगलादेशको ढाकामा शक्तीशाली बिस्फोट १५ जनाको मृत्यु सयौं घाइते।

विस्फोटको कारण भने अहिले सम्म खुल्न सकेको छैन।

  •   ४ वर्ष अघि | २४ फाल्गुन २०७९, बुधबार

फागुन २४, बंगलादेश। आज बंगलादेशको शहर ढाकामा एउटा शक्तीशाली बिस्फोट भएको छ। ढाकामा रहेको एक व्यावसायिक भवनमा भएको शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने एक सयभन्दा बढी घाइते व्यक्तीहरुको उपचार भइरहेको छ भने धेरै घाइतेहरुको सघन उपचार कक्षमा राखेर उपचार भइरेको जानकारी प्राप्त भएको छ।

विस्फोट भएको स्थानमा कम्तीमा पनि ११ वटा दमकल परिचालन भएका छन् । विस्फोट पुरानो ढाकाको सिद्दिकी बजार क्षेत्रमा एउटा साततले र अर्को पाँचतले दुईवटा भवनमा भएको थियो। बिस्फोटले दुईवटै भवन पुर्ण रुपमा क्षति भएको त्याहाँका सुरक्षा अधिकारीहरूले बताएका छन् ।

पहिले विष्फोट साततला भएको भवनमा भएको थियो र  त्यसपछी उक्त शत्तिशाली विस्फोटबाट नजिकैको भवनमा रहेको बैंकमा पनि क्षति भएको छ भने सडकको छेउमा रहेको यात्रुवाहक बसमा पनि क्षति हुन पुगेको छ। विस्फोटको कारण भने अहिले सम्म खुल्न सकेको छैन।

  • न्युज बहार संवाददाता

थप