फागुन २५, काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा आसिफ शेखको पहिलो ओडीआई शतक र स्पीनरहरुको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले सानदार जित हात पारेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तपुरमा आज बिहीबार भएको खेलमा नेपालले पपुवा न्युगिनी पीएनजीलाई ५२ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
आसिफको ११० रन मद्दतमा टस हारेर
पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर ओडीआईमा अहिलेसम्मकै
उच्च स्कोर २९७ रन बनाएको थियो । यसपछी मैदानमा आएको पिएनजी सुरु देखि नै दबाबका
बिच २९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरमा २४५ रनमा अलआउट हुन पुग्यो ।
पीएनजीलाई अलआउट गर्न नेपालका
स्पीनहरु सन्दीप लामिछाने, कुशल मल्ल
र दीपेन्द्र सिंह ऐरीको मुख्य भुमिका रहयो। तिनै जाना मिलेर पिएनजिको लगातार विकेट
लिए । नेपालको इनिङ्समा पीएनजीका फास्ट बलरले ९ विकेट लिन सफल भएका थिए।
तर यता पीएनजीको इनिङ्स भने
नेपाली स्पीनरले पीएनजीलाई सुरु देखिनै ध्वस्त बनाएका छन । नेपालका लागि स्पीनर सन्दीप
लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चेर ४ विकेट लिई नेपाललाई ठुलो सफलता
दिलाए । त्यस्तै दीपेन्द्र सिंह एरीले ९.१ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । पूरै
१० ओभर बलिङ गरेका कुशल मल्लले ६० रन खर्चेर १ विकेट लिन सफल भए। कप्तान रोहित
कुमार पौडेलले समेत ९ ओभर बलिङ गर्दै ३१ रन मात्र दिएका थिए। ओडीआई मान्यता
जोगाउनका लागि नेपाललाई अब एक खेलमा जितको आवश्यकता छ ।
- न्युज बहार संवाददाता