Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

युद्धविरामको दोस्रो दिन हमासद्वारा १७ रिहा हुँदा ३९ प्यालेस्टिनियन कैदमुक्त

  •   ३ वर्ष अघि | १० मंसिर २०८०, आइतवार

मंसिर १०, काठमाडौँ । प्यालेस्टाइनको अतिवादी समूह हमासले युद्धविराम भएको दोस्रो दिन गजामा १७ बन्धक छाडेको छ।

शनिबार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको सिएनएनले जनाएको छ । त्यस्तै ३९ प्यालेस्टिनियन नागरिकलाई इसराइलले पनि कैदमुक्त गरेको छ।

एक विज्ञप्ति जारी गर्दै इसराइली डिफेन्स फोर्सले हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको हो । रेडक्रसले मुक्त उनीहरूलाई इसराइल पुर्‍याइ अस्पताल लगेको छ।

हमासले युद्धविरामको पहिलो दिन २४ बन्धक र इसराइलले ३९ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको थियो।

योसँगै हमासले मुक्त गरेको बन्धकको संख्या ४१ पुगेको छ भने ७८ प्यालेस्टिनियन कैदीबन्दी इसराइलको जेलबाट मुक्त भएका छन्।

विभिन्न मुलुकहरूले युद्धविरामबीच गजामा मानवीय सहायता पुर्‍याइरहेका छन्। इजिप्ट लगायतका देशहरूले त्यहाँ अत्यावश्यक खाद्यान्न, इन्धन  र औषधी लगायतका मानवीय सहायता लगिरहेका छन्।

पहिलो चरणमा इसराइल र हमासबीच ५० जना बन्धक र १५० जना कैदी छाड्ने सहमति भएको थियो। इसराइलले मंगलबार उक्त सहमतिलाई अनुमोदन गरेको थियो भने शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको थियो।

प्रत्येक दिन हमासले कम्तिमा १० जना बन्धक मुक्त गर्ने र इसराइलले त्यसवापत गजामा थप एकदिन युद्धविराम लम्ब्याउने भनिएको छ

  • न्युज बहार संवाददाता

थप