असार १६, काठमाडौँ । एक्सप्रेसमा गुडिरहेको एक निजी बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ। बिहान शनिबार भारतको महाराष्ट्रमा मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस दुर्घटनाग्रस्त बनेको छ ।
बीबीसी हिन्दीले दुर्घटनामा २५ जनाको मृत्यु भएको जनाएको छ। बसमा ३३ यात्रु सवार थिए भने बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुनेतर्फ आइरहेको गइरहेको थियो ।
गुडिरहेकै बेला बसको टायर एक्कासी पड्कियो र बस चालकको नियन्त्रण बाहिर गइ एक खम्बामा ठोकिन पुग्यो। ठक्करको क्रममा डिजेल ट्याङ्की फुटेर आगो लागेको जनाइएको छ ।
- न्युज बहार संवाददाता