जेठ ३, काठमाडौँ। जापानमा दुई जना नेपालीको मृत्यु भएको छ। नेपालबाट
जापानमा पढ्न गएका दुई जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा परी मृत्यु भएको जापान
टाइम्सले जनाएको छ।
जापानको मियागी प्रान्तमा मंगलबार राति रोकिराखेको बसलाई एक ट्रकले अचानक ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।
दुर्घटना स्थानीय समयअनुसार गएराति ८ : ३० बजे भएको थियो। बसमा ३९ जना नेपाली विद्यार्थी र एक जना बंगलादेशी विद्यार्थी सवार रहेका थिए। सबै विद्यार्थीहरु उनीहरू पार्टटाइम कामका लागि इवातेको इचिनोसेकी तिर जाँदै थिए।
दुर्घटनामा मृत्यु भएका नेपाली विद्यार्थीको परिचय भने खुलिसकेको छैन।
- न्युज बहार संवाददाता