Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु

  •   ३ वर्ष अघि | ७ माघ २०८०, आइतवार

माघ ७, काठमाडौँ । चीनको छात्रावासमा आगलागी  भएको छ । चिनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी भएको हो । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाका अनुसार आगलागीमा १३ जना बालबालिकाको मृत्यु भएको छ । 

समाचार संस्थाका अनुसार शुक्रबार राति हेनान प्रान्तको यान्सापु गाउँमा रहेको यिङ्साई विद्यालयमा आगलागी भएको हो । आगलागीपछी विद्यालय सञ्चालकलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको छ ।

एक शिक्षकले सरकारी अखबार हेबेई डेलीलाई दिएको जानकारी अनुसार मृत्यु हुनेहरू सबै तेस्रो कक्षाका विद्यार्थीहरु रहेका छन भने आगलागी हुँदा छात्रावासमा ३० जना विद्यार्थी थिए रहेकोमा बाँकी विद्यार्थीलाई सकुशल बाहिर निकालिएको छ ।

  • न्युज बहार संवाददाता

थप