असार २१, काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव रहिरहेको छ। मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। अधिकांश प्रदेशमा अहिले बिहान हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहिबार दिउँसो देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति भने देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशको केहि स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता