Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आजको मौसम : वर्षा र हिमपातका साथै हावाहुरीको पनि सम्भावना

  •   २ वर्ष अघि | २५ चैत्र २०८०, आइतवार

चैत २५, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको संयुक्त प्रभाव रहेको छ। यसको प्रभावले हाल मधेस प्रदेश र कोशी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहको छ ।

आज आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ भने गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानह र कोशी प्रदेशका साथै गण्डकी प्रदेश , बागमती प्रदेशमधेस प्रदेश र लुम्बिनी  प्रदेशको पूर्वी भूभागरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति  गण्डकी  प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका  एकदुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ

  • न्युज बहार संवाददाता

थप