असार १६,
काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। यसको प्रभावले अहिले कर्णाली
प्रदेश, कोशी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित
हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज
दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रही गण्डकी प्रदेश, कोशी प्रदेश,
बागमती प्रदेश
सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि
सम्भावना रहेको छ भने गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना
रहेको छ ।
त्यस्तै आज
राति लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाका साथै बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा अती भारी वर्षाको सम्भावना रहेको छ ।
- न्युज बहार संवाददाता