साउन २९, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको पहाडी भू-भागको नजिक अवस्थित रहेको छ।
अहिले देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाकाले बताएको छ ।
- न्युज बहार संवाददाता