माघ १, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको
आंशिक प्रभाव रहेको छ । यसको कारण सोमबार देशको पहाडी भू-भागमा आंशिक
देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
पश्चिम
तराईका केही स्थानहरू तथा पूर्वी तराईका धेरै स्थानहरूमा बिहानीपख लागेको
हुस्सु/कुहिरो अपराह्नसम्ममा देखि मध्यान्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने
सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज गण्डकी
प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का
वर्षाको सम्भावना रहेको छ । आज यि तिन प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका
थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली
भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता