साउन ११, काठमाडौँ । देशभर अहिले मनसुनी वायुको साथै बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक
प्रभाव रहेको छ। यी दुबैको संयुक्त प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली
रही
लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका
थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रही देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज राति भने लुम्बिनी प्रदेश, कोशी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।
- न्युज बहार संवाददाता