भदौ ३, काठमाडौँ । नेपालीहरुको महान चाड दसैं आउन अब करिब एक महिना
मात्र बाँकी छ। अहिले दसैँको लागि भनेर विभिन्न गन्तव्यहरूको टिकट बुकिङ पनि सुरू
भइसकेको छ।
दसैंको मुखैमा यात्रुको चाप बढ्ने र टिकट अभाव हुन सक्ने भन्दै
यात्रुहरुले अहिले नै धमाधम टिकट बुकिङ सुरु गरिसकेका छन्।
दसैंका
लागि आन्तरिकतर्फ उडान गरिरहेका श्री, बुद्ध
र यती एयरलाइन्सका
सबैजसो गन्तव्यमा धमाधम टिकट बुकिङ भइरहेको छ।
हवाई
उडानमा टिकट अग्रिम बुकिङ भन्ने हुँदैन। सधैं जसो टिकट बुकिङ चलिरहने हुँदा
यात्रुले आफ्नो सहजका लागि जुनसुकै बेला टिकट बुकिङ गर्न सक्ने वायुसेवा कम्पनीहरूले
जनाएका छन।
दसैंमा अवसरमा
विशेषगरी फूलपातीको अघिल्लो दिनदेखि दशमीको दिनसम्म काठमाडौं बाहिरिनेको चाप बढी
हुन्छ। आजको मिति सम्म बुद्ध एयरको ४० प्रतिशत टिकट बुकिङ भइसकेको छ।
बुद्ध
एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार कतिपय कम उडान हुने गन्तव्यहरुमा भने टिकट
नै नपाउने सम्भावना रहेको छ।
त्यस्तै, यती
एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यतिमा पनि दसैँका लागि टिकट बुकिङ
उत्साहजनक रहेको छ।
- न्युज बहार संवाददाता