Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दुई वटा चिनियाँ सेनाको जहाज राहत सामग्री लिएर पोखरा आउँदै

  •   ३ वर्ष अघि | २२ कार्तिक २०८०, बुधबार

कार्तिक २२, पोखरा । दुई वटा चिनियाँ सेनाको जहाज चीन सरकारले भूकम्पपीडितको राहतका लागि दिने सहयोग सामग्री लिएर पोखरा आउने भएको छ । आज  बिहान सवा ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज ल्यान्ड हुनेछ । 

पोखराबाट नेपाली एयरलाइन्स कम्पनीले राहतका सामग्री कर्णाली लैजाने छ । विमानस्थल प्रवक्ता जसोदा रेग्मीले भनिन् ‘ह्युमनेटिरियन फ्लाइट भनेको छ, साढे ९ बजे आउने कुरा भएको थियो, केही समय अगाडी हुने कुरा पनि छ ।’ 

रेग्मीका अनुसार राहतका लागि दिने सहयोग सामग्री लिएर दुई वटा जहाज आउने छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि यसरी जहाजमा सामान ल्याउने भएपछि पोखरा आउँदै छन् । गृहमन्त्रीलाई चिनियाँ राजदूत छन सोङले सामान हस्तान्तरण गर्ने जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप