फागुन २०,
काठमाडौँ । नेपालमा यस वर्ष पर्यटकको संख्या उल्लेख्य मात्रामा बृद्धी भएको छ
। नेपालमा अग्रेँजी नयाँ वर्ष सन् २०२४ को
सुरुदेखि नै विदेशी पर्यटकको घुइँचो लाग्न थालेको हो ।
सन्
२०२४ को पहिलो महिनादेखि नै नेपाल घुम्ने
लक्ष्यसहित हवाई माध्यमबाट आउने पर्यटकको सङ्ख्या बढ्दो स्थितिमा रहेको छ । नेपाल
भित्रिने विदेशी पर्यटकको संख्या गत वर्ष सन् २०२३ को जनवरी र फेब्रुअरीको तुलनामा
यस वर्ष अर्थात २०२४ मा उल्लेख्य मात्रामा बृद्धी
भएको हो ।
नेपाल पर्यटन बोर्डका अनुसार २०२४ को फेब्रुअरी महिनामा मात्र ९७
हजार ४२६ जना पर्यटक नेपाल भित्रिएका छन्
।
फेब्रुअरी महिनामा मात्रै झन्डै १ लाख विदेशी नागरिक अध्यागमन
विभाग अर्थात हवाई माध्यम मार्फत नेपाल घुम्न आएको नेपाल पर्यटन बोर्डले जनाएको छ
।
१ लाख ७६
हजार ५२६ विदेशी सन २०२४ को जनवरी र फेब्रुअरीमा मात्रै नेपाल भित्रीसकेका
छन् ।
- न्युज बहार संवाददाता