फागुन ९, काठमाडौं । त्रिभुवन
विमानस्थलबाट विराटनगरको लागी भनि उड्न धावनमार्ग नजिकै पुगिसकेको सौर्य
एयरलाइन्सको एसएयू ७२१ जहाजको इण्डिकेटरले केही समस्या देखाएपछि पुन पार्किङ–वेमै फिर्ता भएको छ ।
यात्रु बोर्डिङ पुरा गरी एसएयू ७२१ नम्बरको जहाज धावनमार्ग नजिकै पुगिसकेको थियो ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जहाज धावनमार्ग नजिकै पुगिसकेको र सोही समय इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको र जहाजमा के समस्या देखिएको हो भन्ने चाँहि खुलिनसकेको बताएका छन। जहाज पार्किङ–वेमै फिर्ता ल्याइएको छ ।