फागुन २४, काठमाडौँ । नेपाली तथा भारतीय पर्यटन व्यवसायीहरूले आउँदो
गर्मी याममा भारतको सीमावर्ती क्षेत्रबाट नेपाल आउने भारतीय पर्यटकहरूको संख्या
दोब्बर हुने आँकलन गरेका छन्।
लखनउमा भारतीय
र नेपाली पर्यटन व्यवसायीहरूबीच भएको एक वृहत नेपाल प्रवर्द्धनात्मक कार्यक्रमको होटल
संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वले यस्तो आँकलन गरेको जनाइएको छ ।
अहिले अयोध्या
र लखनउ गएको नेपाल प्रवर्द्धनात्मक कार्यक्रम ६० सदस्यीय नेपाली प्रतिनिधिमण्डल
कार्यक्रम सम्पन्न गरी स्वदेश फर्किसकेको छ।
संघले
यही मार्च ३ देखि ७ सम्म भारतको लखनउमा जनकपुर र अयोध्यालाई जोडेर बढीभन्दा बढी
भारतीय पर्यकटकहरूलाई नेपाल भित्र्याउन पर्यटन प्रवर्द्धन कार्यक्रमको समेत आयोजना
गरेको हो।
- न्युज बहार संवाददाता