Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सरकारले बढायो हिमाल आरोहणको दस्तुर

  •   २ वर्ष अघि | २५ माघ २०८१, शुक्रबार

माघ २५, काठमाडौँ । आगामी भदौ १६ गतेबाट लागु हुने गरी सरकारले हिमाल आरोहणको दस्तुर बढाउने भएको छ।

हिमाल आरोहणमा बढेको दस्तुर लागु हुने मिति १६ भदौ २०८२ (१ सेप्टम्बर २०२५) देखि तोकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले जनाएका छन ।

हालै स्वीकृत गरेको पर्वतारोहण सम्बन्धी (छैठौं संशोधन)नियमावली २०८१ मा शुल्कको नयाँ व्यवस्था सरकारले गरेको छ ।

पर्यटन विभागका अनुसार यससँगै आगामी भदौदेखि लागु हुने गरी आरोहण दस्तुर बढाइएको हो। 

आउँदो पर्वतारोहण सिजनमा भने साविककै दस्तुर लागु हुने विभागका महानिर्देशक नारायण रेग्मीले जनाएका छन ।  

दस्तुरसँगै नियमावलीमा हिमालको सफाई र अन्य विषयलाई पनि प्राथमिकतामा राखिएको  छ।

  • न्युज बहार संवाददाता

थप