Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

'द क्लिफ' नेपालले नयाँ वर्ष २०८१ को अवसरमा 'नाइट बञ्जी' को आयोजना गर्दै

  •   २ वर्ष अघि | २६ चैत्र २०८०, सोमवार

चैत २६, काठमाडौँ । 'द क्लिफ' नेपालले नयाँ वर्ष २०८१ को अवसरमा 'नाइट बञ्जी' गर्ने भएको छ। साहसिक पर्यटकको हब बनेको 'द क्लिफ' नेपालले चैत ३० गते साँझ लाइभ म्युजिक तथा 'फायर डान्स' गरी नयाँ वर्षलाई स्वागत गर्ने तयारी समेत गरेको जनाएको छ ।

कम्पनीका अध्यक्ष राजु कार्कीका अनुसार विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालक कम्पनीले साहसिक खेलकुदका पारखीहरूलाई नयाँ अनुभव दिन नाइट बञ्जी आयोजना गरेको हो । यसअघिका नयाँ वर्षहरूमा पनि यस कम्पनीले नाइट बञ्जी गराउँदै आएको थियो।

चैत ३० र वैशाख १ गते नयाँ वर्षको अवसरमा कम्पनीले क्लिफको रिसोर्टमा रूम बुकिङ गर्दा १५ प्रतिशत छुटको व्यवस्था पनि गरिएको छ। 

  • न्युज बहार संवाददाता

थप