Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

समिट एयरका पाइलट र को-पाइलट निलम्बन ।

अर्को आदेश नभएसम्म ती पाइलटहरूलाई उडानमा प्रतिबन्ध।

  •   ४ वर्ष अघि | १ चैत्र २०७९, बुधबार

चैत १, काठमाडौँ। पोखरा-जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ।

भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै प्राधिकरणले समिट एयरका पाइलट र को-पाइलटलाई निलम्बन गरेको हो।

अर्को आदेश नभएसम्म ती पाइलटहरूलाई उडानमा प्रतिबन्ध गर्दै थप छानबिन अघि बढाइएको प्राधिकरण स्रोतले जानकारी दिएको छ।

ककपिटबाट पाइलटले अगाडि हेरेर गर्ने उडान (भिएफआर)मा बादलभित्र पस्दा भिजिविलिटी कम हुने र अगाडिको दृश्य कम देखिने हुन्छ त्यसले गर्दा जहाज दुर्घटना हुने जोखिम बढी हुने गर्छ।

पोखरा-जोमसोम रुटमा तारा र समिट एयरले उडान गर्दै आइरहेका छन्।

 

 

  • न्युज बहार संवाददाता

थप