Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

हिउँमा चिप्लिने खेलको तालिम सुरु

  •   २ वर्ष अघि | ३० फाल्गुन २०८०, बुधबार

फागुन ३०, काठमाडौँ । कर्णाली खेलकुद परिषद्‌ र नेपाल पर्यटन बोर्डको आयोजनामा कालीकोटमा हिउँमा चिप्लिने खेल (स्की) तालिम सुरू गरिएको छ।

कालीकोट जिल्लाको त्रिवेणी पाटन छेतडीमा गएको सोमबारदेखि कर्णाली प्रदेश आधारभूत स्की तालिम सुरू गरिएको हो ।

उक्त तालिममा नेपाल माउण्टेन एकेडेमीका तीन जना प्रशिक्षक, २५ जना प्रशिक्षार्थी स्थानीय पर्यटन व्यवसायीहरू पनि सम्मिलित रहेका छन ।

अहिले चलिरहेको यस तालिम आउँदो सोमबार अर्थात चैत्र ५ गते सम्पन्न हुने बताइएको छ ।

कालीकोट जिल्लाको त्रिवेणी पाटन क्षेत्र  स्कीका लागि प्रचुर सम्भावना भए‌को क्षेत्र मध्ये एक हो । स्कीका लागि वर्षभरी कम्तीमा सय दिन हिउँ र ३० सेमी हिउँ पर्नु पर्ने हुन्छ ।

  • न्युज बहार संवाददाता

थप