जेठ
२५, लुम्बिनि। प्रधानमन्त्रीले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्। आज प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्डले बुटवलको बमघाटबाट पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३
बसन्तपुरसम्म जोडने गरी बनाइएको लुम्बिनी केबलकारको उद्घाटन गरेका हुन्।
प्रधानमन्त्री
दाहाल केबलकार उद्घाटनका लागी काठमाडौंबाट हेलिकोप्टरमा बुटवल आएका थिए भने उनले
बसन्तपुर डाँडाँस्थित केबलकारको माथिल्लो स्टेशनमा पुगेर उद्घाटन गरेका छन।
आइएमई समूहको लगानीमा बनाईएको यो केबलकारमा २५ गोन्डुला रहेका छन।
केबलकारले दैनिक ६ हजार यात्रुलाई सेवा दिन
सक्ने बताइएको छ।
- न्युज बहार संवाददाता