फागुन
२५, काठमाडौँ। त्रिभुवन विमानस्थलमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण
गरिएको श्री एयरलाइन्सको यात्रुहरुलाई अर्को उडानमार्फत भैरहवा लगिने भएको छ । आज बिहीबार
बिहान भैरहवाका लागि काठमाडौंबाट उडेको श्री एयरलाइन्सको ८८१ नम्बरको विमान उडान
लगत्तै इन्जिनमा केही समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएर आकस्मिक
अवतरण गरिएको थियो।
श्री
एयरलाइन्सले अहिले उक्त जहाजमा सवार ७४ जना यात्रुहरुलाई अर्को फ्लाइटमार्फत
भैरहवा पठाइने जनकारी दिएको छ। यसरी आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सको जहाजमा
चार जना चालक दलसहित ७४ जना यात्रु सवार रहेका थिए ।
- न्युज बहार संवाददाता