कार्तिक १९, काठमाडौँ । भूकम्प प्रभावित क्षेत्रबाट
उद्धार गरिएका घाइतेहरुको हवाई भाडा निःशुल्क गर्ने नेपाल वायुसेवा निगमले निर्णय
गरेको छ ।
साथै निगमले बिरामी कुरुवाको पनि हवाई
भाडा निःशुल्क गर्ने बताएको छ ।
निगमका
प्रवक्ता रमेश पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत घाइते र कुरुवाको भाडा नलिने
निर्णय भएको जानकारी दिएका हुन ।
- न्युज बहार संवाददाता