Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आजदेखी नमोबुद्ध एतिहासिक जात्रा सुरु

  •   ३ वर्ष अघि | ११ मंसिर २०८०, सोमवार

मंसिर ११, काभ्रेपलाञ्चोक । आजदेखि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका११ स्थित नमोबुद्धमा जात्रा सुरु भएको छ ।

आज कात्तिक शुक्ल पूर्णिमा तिथि अर्थात शान्तिका प्रतीक गौतम बुद्धले पूर्वजन्ममा राजकुमारको देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिन भन्न गरिन्छ । 

बुद्धले लुम्बिनीमा पुनःजन्म प्राप्त गरेपछिको जीवन त्याग गरिको भूमि जो, ‘नमोबुद्धाय नमःबाट नमोबुद्ध नामकरण भएको स्थान भन्ने किंवदन्ती रहेको छ । कात्तिक शुक्ल पूर्णिमाका अवसरमा सोही काभ्रेपलाञ्चोकको ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्धमा  मेला लाग्दै आएको हो ।

द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा किंवदन्ती अनुसार पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मावलम्बीको निकै ठूलो भीड लाग्ने गरेको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यो मेलामा बर्सेनि करिब एक लाखले नमोबुद्धको दर्शनपूजाअर्चना गर्ने गरेका छन । जात्रा आज देखि रातभरि र भोलि पनि नमोबुद्धमा लाग्ने गर्दछ । यस मेला अवधिभर परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिने छ। सो गित तथा संस्कृतिक नृत्य हेर्न लाखौँको भीड लाग्ने गर्दछ । 

  • न्युज बहार संवाददाता

थप