Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सम्पर्क बिहिन भएको मनाङ एयरको हेलिकप्टर पर्यो दुर्घटनामा, क्षतविक्षत भएको जानकारी ।

  •   ३ वर्ष अघि | २६ असार २०८०, मङ्लबार

असार २६, काठमाडौँ। सोलुखुम्बुबाट काठमाडौं आउँदै गर्दा मंगलबार बिहान सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको छ।

सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट काठमाडौँको लागी उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरा डाँडामा दुर्घटनाग्रस्त भएको छ ।

सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुष्टी गरेका छन भने अन्य जानकारी आउन बाँकी रहेको छ । 

वडा अध्यक्ष  भने ‘हेलिकप्टर क्षतविक्षत भएको जानकारी आएको छ, अहिले वडामा रहेको प्रहरी टोली घटनास्थलमा पुग्दैछन।’

हेलिकप्टर काठमाडौँको लागि उडेको केही मिनेटमा नै सम्पर्क विहीन भएको थियो  । उक्त दुर्घटना भएको हेलिकप्टरमा  क्याप्टेनसहित ६ जना सवार रहेको जनाइएको छ।

  • न्युज बहार संवाददाता

थप