असार २६, काठमाडौँ। आज भएको मनाङ एयरको ‘एनए–एमभी’ हेलिकप्टर दुर्घटना हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु भएको पुष्टी भएको छ।
काठमाडौँका लागि आज मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट उडेको मनाङ एयरको ‘एनए-एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको हो।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले दुर्घटनामा परी पाइलट सहित हेलिकप्टरमा सवार ६ जनाकै मृत्यु भएको जानकारी दिएका छन।
हेलिकप्टरका पाइलट चेतबहादुर गुरूङ नेपाली हुन भने अन्य ५ जना यात्रुहरू मेक्सिकन नागरिक रहेको खुलेको छ।
बास्तोलाले भने ‘६ जनाकै शव फेला परेको छ, एक जनाको शव टुक्राटुक्रा भएको भेटिएको छ, शवहरू जलेको अवस्थामा पनि छन, हेलिकप्टर रूखमा ठोक्किएर दुर्घटनामा परेको अनुमान गरिएको छ।’
- न्युज बहार संवाददाता