असोज १९,
म्याग्दी । म्याग्दी जिल्लाको रघुगंगा
र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको संगममा अवस्थित रहेको टोड्क अहिले आन्तरिक
पर्यटकको रोजाइमा पर्न थालेको छ । रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले
पहिले यस टोड्केमा पशुचौपायाको गोठ लैजाने गर्दथे । तत्कालीन समयमा टोड्केलाई खर्कका
रुपमा पनि चिनिने गरिन्थ्यो ।
गाईवस्तुको
घुम्तिगोठ राख्ने ठाउँलाई खर्क भनिने गरेकोमा अहिले त्यस क्षेत्रमा
प्रचारप्रसार, पूर्वाधार निर्माण, सडक, सञ्चार, विद्युत सुविधा विस्तार भएपछि
पछिल्लो समय टोड्के खर्कबाट पर्यटकीय स्थलमा परिणत भएको छ ।
टोड्के समुन्द्री
सतहदेखि दई हजार ४३० मिटरको उचाइमा रहेको छ । यो स्थान प्राकृतिक सौन्दर्ययुक्त
गन्तव्य हो । टोड्केको पाइने स्वच्छ हावापानी र शान्त वातावरणल याहाँको मुख्य
विशेषता हो। याहाँको वातावरणले मन चंगा
बनाएको अनुभव हुन्छ । हिमालका सुन्दर दृश्यले झनै मन लोभ्याउँछ । याहाबाट
बिहानको घाम झुल्किदा र बेलुका घा अस्ताउँदाको दृश्य झनै मनमोहका देखिन्छ ।
टोड्केमा
पुस–माघमा
सेताम्मे हिउँ पर्ने गर्छ । लालिगुराँस फुल्ने समयमा पाखा भरी लालिगुराँसले ढाकेको हुन्छ । टोड्केको थप
विशेषता भनेको मगरको पुरख्यौली नाच, यानीमायाँ,
सोरठी, भजन कीर्तन, सालैजो
र
पञ्चेबाजामा रम्न पाउनु हो ।
- न्युज बहार संवाददाता