जेठ ३, काठमाडौँ। सगरमाथाका हिमालका कीर्तिमानी आरोही कामिरिता शेर्पा पुनः एकपटक सगरमाथाको चुचुरोमा पुगेका छन। यो पटक सँगै उनी सगरमाथाको चुचुरोमा पुगेको २७ औं पटक भएको छ।
शेर्पा बुधबार बिहान साढे ८ बजे २७ औं पटक सगरमाथाको चुचुरोमा पुग्न सफल भएको जानकारी सेभेन समिट ट्रेक्सले दिएको छ ।
एक पटक फेरि सगरमाथा आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेका हुन। यसअघि २६ औं पटक सगरमाथा आरोहण गर्ने रेकर्ड पनि उनकै नाममा रहेको थियो।
- न्युज बहार संवाददाता