Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बृद्धी

  •   २ वर्ष अघि | २१ असोज २०८१, सोमवार

असोज २१, तनहुँ । तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दशैँको बिदा सुरु हुँदै गर्दा मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो ।

यतिबेला दैनिकजसो आन्तरिक पर्यटक तनहुँ  जिल्लाको व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट दृश्यावलोकनका लागि पुग्ने गरेका छन् ।

होटल व्यवसायीहरुका अनुसार राति बास बसेर बिहानै सूर्योदय र कुहिरो हेर्न आन्तरिक पर्यटक आउने गरेका छन ।

शुक्रबार र शनिबार अन्य दिनको तुलनामा यहाँ पर्यटकको बढी घुइँचो हुने गरेको छ ।

विद्यालय तथा कार्यालयहरु दशैँका बेला बिदा हुने भएकाले आन्तरिक पर्यटक बढ्न थालेका छन । सप्तमीदेखि पर्यटकको आगमन अझै बढ्ने अनुमान गरिएको छ ।

बिहानै यहाँबाट देखिने सूर्योदय र कुहिरोले पर्यटकलाई लोभ्याउने गरेको छ । यसका साथै दमौली बजारलाई ढपक्क कुहिरोले ढाकिएको सुन्दर दृश्य हेर्न पर्यटक आउने गर्दछन ।

  • न्युज बहार संवाददाता

थप