Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सगरमाथा संवादको तयारि स्वरुप हिमाली संवाद आयोजना हुँदै

  •   १ वर्ष अघि | ७ बैशाख २०८२, आइतवार

वैशाख ७, काठमाडौँ । आगामी जेठ २ देखि ४ गतेसम्म सङ्घीय सरकारले सगरमाथा संवादको गर्ने भएको छ । यसैको पूर्वतयारीका रूपमा हिमाली संवाद आयोजना हुँदैछ । जुम्लाको खलङ्गामा यही वैशाख ९ र १० गते हिमाली संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको समस्या उठाइने जनाइएको छ ।

युथ एलाइन्स फर इन्भायरोन्मेन्ट (वाइएई), सेभ द चिल्ड्रेन, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (क्रिडाक) लगायत विकास साझेदारसँगको सहयोग र सहकार्यमा सगरमाथा संवादको सचिवालयसँगको समन्वयमा हिमाली संवाद हुन लागेको हो ।

यस संवादमा सीमान्तीकरणबाट प्रभावित बालबालिका, युवा र हिमाली समुदायहरूलाई अनुभव आदानप्रदान गर्न, आफ्ना विशेष आवश्यकताहरू व्यक्त गर्न र बाल–संवेदनशील जलवायु समाधानका लागि वकालत गर्ने मञ्च प्रदान गरिनेछ ।

  • न्युज बहार संवाददाता

थप