Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

तत्कालका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान बन्द

  •   २ वर्ष अघि | २१ पुस २०८१, आइतवार

पुस २१, काठमाडौँ । तत्कालका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर कम्पनीहरूले उडान स्थगन गरेका छन्।

आइतबार वायुसेवा सञ्चालक संघले प्रेस विज्ञप्ति जारी गर्दै उडान स्थगन गरिएको जानकारी दिएका हुन ।

पासाङल्हामु गाउँपालिकाका स्थानीयहरू र राष्ट्रिय निकुञ्जले अवरोध गरेकाले उडान रोकिएको जनाइएको छ । 

संघका प्रथम उपाध्यक्ष प्रताप जंघ पाण्डेका अनुसार हेलिकप्टर सुरक्षाको पूर्ण प्रत्याभुति नभएसम्म उक्त क्षेत्रका सम्पूर्ण उडान आजबाटै स्थगन गरिएको हो ।

संघले यसबाट यात्रुमा पर्ने असुविधा प्रति क्षमा पनि मागेको छ।

पुस १७ गते अर्थात् जनवरी १ बाट लागु हुने गरी यसअघि राष्ट्रिय निकुञ्ज तथा गाउँपालिकाले पनि उक्त क्षेत्र आसपासमा हेलिकप्टर उडान र अवतरणमा रोक लगाएको थियो।

  • न्युज बहार संवाददाता

थप