Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा हात्तीदह सिमसार क्षेत्र।

  •   ३ वर्ष अघि | ८ जेष्ठ २०८०, सोमवार

जेठ ८, काठमाडौँ। सिरहा जिल्ला लहान नगरपालिका–१५ मा अवस्थित छ हात्तीदह सिमसार क्षेत्र। एक समय सिमसार क्षेत्र जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको थियो।

हिजो आज भने यस हात्तीदह सिमसार क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ यो सिमसार क्षेत्र रहेको छ । आकर्षकरूपमा निर्माण भएका प्रकृतिक तथा मानवनिर्मित संरचनाहरुले र त्यहाँ वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याएको छ ।

नमूना सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत रहेको हात्तीदह सिमसार क्षेत्रलाई अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको हो । करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यस ‘हात्तीदह सिमसार तथा पर्यटक क्षेत्र’लाई आकर्षक बनाउने यहाँको हरियाली जङ्गलले घेरिएको उद्यान, चिसो हावापानी र शान्त वातावरण नै हुन । त्यसैगरी याहाँ बाह्रै महिना पानी नसुक्ने चारवटा पोखरी समेत छन जसले यस क्षेत्रको सुन्दरता बढाएको छ। याहाँ वनभोजस्थल र आकर्षक उद्यानको सौन्दर्यसँग रमाउन पनि दैनिक सयौँको सङ्ख्यामा पर्यटक यहाँ आउने गरेका छन् । 

हात्तीदह सिमसार पर्यटकीय क्षेत्र विकासका लागि डिभिजन वन कार्यालय सिरहा, बृहत् जलाधार व्यवस्थापन केन्द्र कोशी उदयपुर, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, लहान नगरपालिकालगायतले आर्थिक सहयोग गरेको छ। त्यस्तै बौद्धिक नेता तथा तत्कालीन सांसद स्व प्रदीप गिरीले आफ्नो संसदीय कोषबाट पार्कका लागि खानेपानी ट्याङ्की निर्माण गर्न रु १० लाख रकम विनियोजन गर्नुभएको थियो ।

चाडबाड, नयाँ वर्ष, सार्वजनिक बिदाका दिन लगायतका अनुकूल समयमा घुमफिरका लागि ठूलो सङ्ख्यामा मानिस जान थालेपछि यस ठाउँको विकासमा स्थानीय सरकारको पनि चासो बढेको छ । हात्तीदह सिमसार पर्यटन क्षेत्रको विकासमा उच्च प्राथमिकता दिएको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले बताएका छन ।

उनले राजमार्गबाट हात्तीदह सिमसारसम्मको ग्राभेल बाटोको स्तरोन्नति तथा कालोपत्र गर्नका लागि नगरबाट बजेट व्यवस्था गरी निर्माण सुरुआत पनि भइसकेको जानकारी दिए । त्यसैगरी पार्कभित्र ‘सेल्फी बृज’ निर्माणका लागि रु १० लाख रकम छुट्इएको छ। । हात्तीदह सिमसार पर्यटकीय क्षेत्रका रूपमा विस्तार भएपछि यस वरिपरि व्यापार तथा व्यवसाय पनि वृद्धि भएको छ । 

  • न्युज बहार संवाददाता

थप