Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गुराँसले रङ्गियो म्याग्दी जिल्लाका अधिकांश स्थान

  •   ३ वर्ष अघि | २८ फाल्गुन २०८०, सोमवार

फागुन २८, म्याग्दी ।  म्याग्दी जिल्लाको टोड्के लगायत पहाडी स्थान यतिबेला गुराँस फुलेर रङ्गिएको छ । प्रकृतिक रुपमा गुराँस फुलेर सिँगारिएका पहाडी क्षेत्रको जङ्गलहरु अहिले हेर्नका लागि आकर्षक गन्तव्य समेत बनेको छ ।  म्याग्दीको बेनी नगरपालिका र मङ्गला तथा रघुगङ्गा गाउँपालिका अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर रहेको छ जाहाँ यतिबेला गुराँसले जङ्गलहरु रँगिएका छन । 

टोड्केका स्थानियका अनुसार गुराँस फुल्ने सिजन सुरु भएपछी अहिले म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका छन । स्थानियका अनुसार पाखामा ढकमक्क गुराँस फुलेर रङ्गिएपछि बिदा मनाउन टोड्के आउनेको भिड बढेको छ।  

टोड्केको दायाँ र बायाँ रहेको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेर जङ्गल झपक्क छोपेको जस्तो दृश्यल मनमोहक बनेको छ । गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो र तनावमुक्त महसुस गर्न सकिन्छ । टोड्केलगायतका स्थानमा गाडा रातो र रातो रङको गुराँस पाइन्छ ।

  • न्युज बहार संवाददाता

थप