Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आगन्तुक चराको चिरविराहट र चहलपहलले थप रमणीय र मनमोहक बन्दै घोडाघोडी ताल

  •   ३ वर्ष अघि | २७ पुस २०८०, शुक्रबार

पुस २७, कैलाली। कैलालीको घोडाघोडी तालमा झन्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर र मङ्गोलियन र साइबेरियन चराहरु आइपुगेका छन् । चराको बासस्थलका लागि घोडाघोडी क्षेत्र उपयुक्त गन्तव्य मानिन्छ भने यसलाई सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत रिएको थियो ।

प्रत्येक वर्ष यहाँ पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण हजारौँ आगन्तुक चरा आउने गरेका छन् ।

यस वर्ष पनि घोडाघोडी ताल क्षेत्र आगन्तुक चराको चिरविराहट र चहलपहलले थप रमणीय र मनमोहक भएको छ । चराविद् डा.हेमसागर बरालले अनुसार सेप्टेम्बरदेखि फेब्रुअरीसम्म करिब ६ महिना जति उत्तर ध्रुवका मङ्गोलिया, साइबेरिया, रसिया,उत्तरी चीन, जापान, युरोप, कोरियालगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून रहन्छ, त्याहाँको तालतलैया तथा पोखरीमा बरफ जमेको हुनाले चराहरू उचित तापक्रम र वातावरणको खोजी गर्दै यहाँसम्म आउने गर्दछन ।

चराविद् डा. बरालको भनाइ अनुसार अत्यधिक चिसो अनुकूलन हुन नसक्दा र आहारको कमीका कारण चिसो छल्न र आहारको खोजी गर्न नेपाललगायतका दक्षिण क्षेत्रतर्फ बसाइँसराइ गर्ने चराहरूको सङ्ख्या ठूलो हुने गर्दछ ।  

विभिन्न प्रजातिका हिउँदे आगन्तुक चरा दशकौँदेखि कैलालीको घोडाघोडीका साथै महादेवा, लौकाहा–भौकाहा, चिरैयाँ, नकरोड, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेह्टा, घोड्ताललगायत कर्णालीको तल्लो तटीय क्षेत्रमा आउने गरेको उनी बताउँछन ।

  • न्युज बहार संवाददाता

थप