फागुन
२०, काठमाडौँ। अब पदयात्रामा जाँदा विदेशी पर्यटकहरूले लामो ट्रेकिङ कम्पनीमार्फत्
अनिवार्य रूपमा गाइड लैजानुपर्ने व्यवस्था भएको छ।
आगामी अप्रिल
१ (चैत १८) देखि लागू हुने
गरी नेपाल पर्यटन बोर्डले यस्तो
नियम बनाएको छ ।यो नियम अप्रिल १ बाट सञ्चालनमा आउने छ।
नेपाल
पर्यटन बोर्डले नेपाल पर्यटन ऐन, २०५३ को दफा ७ र पदयात्री सूचना व्यवस्थापन
प्रणाली सञ्चालन
(पहिलो संशोधन) निर्देशिका, २०६६ को
दफा १० 'क' बमोजिम यो निर्णय गरेको जनाकारी दिएको
छ।
बोर्डका
अनुसार साहसिक पर्यटनमा पर्ने लामो पदयात्रामा पर्यटकहरुकै सुरक्षाका लागि यस्तो
निर्णय गरिएको बोर्डले जनाएको छ। यो व्यवस्थाअन्तर्गत लामो पदयात्रामा जाने पर्यटक तथा गाइड दुवैको बीमा पनि गरिने
जानकारी प्राप्त भएको छ।
नवनियुक्त
संस्कृति, पर्यटन
तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले एक्लै पदयात्रामा जाँदा पर्यटकहरू
हराउने र असुरक्षित
हुने समस्या आएपछि
यसमा चासो देखाएका थिए। बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले एजेन्सिज एसोसिएसन अफ नेपाल
(टान), बोर्ड सञ्चालक समिति र ट्रेकिङ र पर्यटन श्रमिक ट्रेड
युनियनका प्रतिनिधिबीच भएको छलफलमा पर्यटकको सुरक्षा, उद्धार र व्यवस्थापनलाई ध्यानमा
राख्दै बिनागाइड एक्लै पदयात्रामा जान रोक लगाउने निर्णय गरिएको बताएका छन।
बोर्डका
कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताए 'यस विषयमा पहिलेदेखि कुरा हुदै आएको थियो, अहिले विभागीय मन्त्रीको निर्देशन तथा
सरोकारवालाहरू सबैको सहमतिमा पदयात्रालाई सुरक्षित बनाउन र उद्धार कार्य चुस्त राख्न यस्तो
निर्णय गरिएको हो। यसले
समग्र पर्यटन क्षेत्रमा राम्रो
सन्देश जाने आशा लिएका छौं।'
नेपालमा यो
निर्णयसँगै ट्रेकिङ गाइडहरूको रोजगारी र आय बढ्ने उनले बताएका छन।
- न्युज बहार संवाददाता