Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दुई सातादेखि उडान ठप्प, यात्रुहरू मर्कामा

  •   १ वर्ष अघि | १७ असार २०८२, मङ्लबार

असार १७, ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा सञ्चालन हुँदै आएको एकमात्र हवाई सेवा सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको करिब दुई साता भएको छ।

बिगतको चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन।

बर्खायाम सुरू भएसँगै कुहिरो र कम भिजिबिलिटीका कारण असारयता चार उडान प्रभावित भएको निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीले जनाएका छन।

काठमाडौँ–ताप्लेजुङ प्रत्येक सोमबार र शुक्रबार नियमित हुने उडान निरन्तर रद्द हुन थालेपछि यात्रुहरू मर्कामा परेका छन्।

कार्कीका अनुसार मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था नरहेको र भिजिबिलिटी न्यून भएकाले सुरक्षाको दृष्टिकोणले उडान रोकिनुपरेको हो।

  • न्युज बहार संवाददाता

थप