Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

खराब मौसमका कारण नेपालगञ्ज विमानस्थलको उडान प्रभावित

  •   ३ वर्ष अघि | १४ माघ २०८०, आइतवार

माघ १४, नेपालगञ्ज । दुई दिनदेखि नेपालगञ्ज विमानस्थलबाट काठमाडौँ, पोखरा  तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान अवरुद्ध भइरहेको छ । नागरिक उड्डयन कार्यालय नेपालगञ्जका अनुसार शनिबार बिहानदेखि लागेको बाक्लो हुस्सुका कारण उडान हुन नसकेको हो ।

नागरिक उड्डयन कार्यालय नेपालगञ्जले हवाइ उडानका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने तर अहिले ७ /८ मिटर मात्रै भिजिबिलिटी भएका कारण उडान हुन नसकेको  जनाएको छ ।

यसरी खराब मौसमका कारण उडान अवरुद्ध भएपछि यात्रुहरु अहिले मौसम खुल्ने आसमा विमानस्थलमै बसिरहेका छन् ।

 

  • न्युज बहार संवाददाता

थप