असार ३०, काठमाडौँ। आगामी आर्थिक वर्ष २०८०/८१ बाट सरकारले हवाई टिकटमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा आउँदा आन्तरिक उडानतर्फ ६ प्रतिशतसम्म हवाई भाडा बढ्ने देखिएको छ ।
सोही अनुसार वायुसेवा सञ्चालक संघमा आबद्ध सबै कम्पनीहरु भ्याटमा दर्ता भइ टिकटमा लाग्ने भ्याट कार्यान्वयन गर्ने तयारीमा जुटेको वायुसेवा कम्पनीहरुले जनाएका छन्।
भाडादरसहित जहाज, इन्जिन र पार्टपूर्जाको आयातमा १३ प्रतिशत भ्याट जोडिने नयाँ प्रावधानमा उल्लेख गरिएको छ।
- न्युज बहार संवाददाता