कार्तिक
९, काठमाडौँ । काठमाडौँ
उपत्यकाबाट नजिक रहेको धार्मिक तथा पर्यटकिय गन्तव्य चन्द्रागिरिमा प्याराग्लाइडिङको
व्यावसायिक उडान सुरु भएको छ । नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको
कम्पनी हाइ अल्टिच्युड प्याराग्लाइडिङको 'बाबु एड्भेन्चर्स'ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो
।
सुनुवारका
अनुसार भालेश्वर मन्दिरबाट केबल २० मिनेटको दुरीमा रहेको चन्द्रागिरि डाँडाबाट
प्याराग्लाइडिङ उडान सुरु हुने छ । चन्द्रागिरिको २३ सय मिटर उचाइबाट
सुरु भएको प्याराग्लाइडिङ उडानले आकाशमा सय मिटरसम्म उचाइ लिनेछ । चित्लाङमा
प्याराग्लाइडिङको अवतरण गर्नु अघि अद्भुत दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट
१७ सय मिटर उचाइमा गड्न सकिनेछ ।
प्याराग्लाइडिङ उडानबाट भालेश्वर मन्दिरको एरियल भ्यु, काठमाडौँ उपत्यकाको अधिकांश भूभाग, रसुवा र धादिङका भूभाग समेत अवलोकन गर्न सकिनेछ भने मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिनेछ ।
मौसम खुलेको समयमा उत्तरतर्फ देखिने हिमशृङ्खला प्याराग्लाइडिङको अर्को आकर्षण केन्द्र हो ।
- न्युज बहार संवाददाता