जेठ ७, काठमाडौँ । बुद्ध एयरको जहाजमा शनिबार ‘मुसा’ भेटिएको छ। हिजो जनकपुरमा बुद्ध एयरको जाहाजमा ‘मुसा’ देखिएपछि ग्राउण्डेड भएको नाइनएन–एजेएलमा जहाजमा अन्नत मुसो फेला परेको छ ।
हिजो जहाजमा मुसो रहेको यात्रुले देखेको बताएका थिए शनिबार प्रशिक्षक चालक र टेक्निकल टिमले चेकजाँचका क्रममा मुसो फेला नपरेका कारण जहाज जनकपुरमै रोकिएको थियो ।
तर आज आइतबार बिहान जाहाजको ट्रयापमा मुसा भेट्टिएको र जहाजलाई सम्पूर्ण चेकजाँच गरी २–३ घण्टासम्म रनअप लिई थप सजगता अपनाइएको बुद्ध एयरले जनाएको छ ।
- न्युज बहार संवाददाता