बैशाख २७, काठमाडौँ
। सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ ले खेल र पर्यटन क्षेत्रलाई सँगसँगै
अगाडि बढाउनका लागि गाउँपालिका स्थित
महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक
क्लाइम्बिङ’ प्रतियोगिता गराउने भएको छ ।
सोलुखुम्बुको महभिरमा आगामी असार ३ र ४ गते साहसिक खेल ‘रक क्लाइम्बिङ’ मार्फत
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता
आयोजना गर्न लागिएको हो ।
माप्य दूधकोशी गाउँपालिका र नेपाल आरोहण खेल सङ्घबीच प्रतियोगिता
आयोजनाका लागि काठमाडौँमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष
बुद्धिकिरण राई रसङ्घका अध्यक्ष हरि धरेलले हस्ताक्षर गरेका छन ।
अध्यक्ष राईका अनुसार गाउँपालिकाभित्रको
पर्यटन प्रवद्र्धनका लागि पर्यटन विकासको प्रचुन सम्भावना भएको माप्य दूधकोशीले अन्तर्राष्ट्रियस्तरको
‘रक क्लाइम्बिङ’ प्रतियोगिता
आयोजना गर्न लागेको हो ।
- न्युज बहार संवाददाता